१३औँ नेशनल प्याब्सन खेलकुद महोत्सव–२०७९ हुने

पाेखरा | मंसिर ९, २०७९

१३औँ नेशनल प्याब्सन खेलकुद महोत्सव–२०७९ हुने

पोखराः   राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल(नेशनल प्याब्सन) कास्कीको आयोजनामा यही मङ्सिर २० गतेदेखि २३ गतेसम्म १३औँ नेशनल प्याब्सन खेलकुद महोत्सव–२०७९ हुने भएको छ ।


महोत्सवबारे जानकारी दिने उद्देश्यले आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले “एन प्याब्सन कास्कीको मान्यताः विद्यालय शिक्षामा खेलकुदको अपरिहार्यता” भन्ने नारासाथ महोत्सव गर्न लागिएको बताउनुभयो । पोखरा रङ्गशालामा गर्न लागिएको महोत्सवबाट एन प्याब्सनसँग आबद्ध विद्यालयको शैक्षिक एवं सहक्रियाकलाप लगायत विविध क्षेत्रको उन्नति र प्रगतिमा टेवा पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।


आधारभूत र माध्यमिक तहमा छात्र र छात्रा समूहमा विभिन्न विधामा खेल खेलाउन लागिएको उहाँले जानकारी दिनुभयो । एन प्याब्सन कास्कीमा ५० विद्यालय आबद्ध रहेका वरिष्ठ उपाध्यक्ष शिवदत्त तिवारीले बताउनुभयो । महोत्सवमा सात हजार खेलाडी प्रतिस्पर्धामा सहभागी बन्ने र लगभग २५ हजार अभिभावकले अवलोकन गर्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।

 

पत्रकार सम्मेलनमा ‘१३ औं नेशनल प्यावसन कास्की खेलकुद महोत्सव’ ट्रफी र लोगो अनावरण समेत गरिएको थियो । खेल महोत्सवको विविध पक्ष बारे एन प्यावसन कास्कीका सचिव मानकाजी गुरुङ र सह क्रियाकलाप उपसमितिका संयोजक राजु केसीले जानकारी गराएका थिए ।

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्